Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिद्धार्थ शुक्लाका विवादित प्रसंग : प्रेमिकामाथि हातपातदेखि जेलसम्मको यात्रा

    सिद्धार्थ शुक्लाका विवादित प्रसंग : प्रेमिकामाथि हातपातदेखि जेलसम्मको यात्रा

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी – बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भयो। पछिल्लो समय सिरियलतिर अभिनय गरेर चर्चाको शिखरमा पुगेका शुक्लाको हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएको हो।

    शुक्ला चर्चासँगै धेरै विवादमा पनि आएका अभिनेता हुन्। उनी शेहनाजसँगको प्रेम सम्बन्धले एक समय चर्चामा थिए। उनी धेरै प्रसंगमा विवादमा तानिए। बिग बोसको घरमा सिद्धार्थले टास्कको क्रममा माहिरा शर्मालाई चोट पुर्याएका थिए।



    जसका कारण निर्माताहरुले सिद्धार्थलाई घरबाट बाहिर निकालेका थिए। तर रिसका बाबजुत पनि उनलाई धेरैले मन पराए।



    ‘दिल से दिल तक’ को समयसम्म सिद्धार्थ धेरै घमण्ड देखाउँथे र उनी सह– कलाकारहरुसँग प्राय झगडा गर्थे। रश्मी र सिद्धार्थले कलर्स च्यानलको शो ‘दिल से दिल तक’ मा काम गरेका छन्। यो सिरियलको सेटमा दुईबीच धेरै झगडा भएको थियो। धेरै रिपोर्टहरुहरुले उनीहरु डेटमा रहेको दाबी पनि गरेका थिए।

    शो ‘दिल से दिल तक’ मा सिद्धार्थका सह–कलाकार कुणाल वर्माले पनि आफुलाई कुटेको आरोप लगाएका थिए। वास्तवमा, यस सिरियलको सेटमा कुणाल र सिद्धार्थबीच धेरै झगडा भएको थियो र सिद्धार्थले उनीहरुमाथि पानी फ्याँकेका थिए।

    सिद्धार्थको ‘बालिका वधु’ को को–स्टार तोरल रसपुत्रसँग राम्रो सम्बन्ध थिएन। हनीमून सीक्वेन्सको सुटिङको क्रममा दुईबीच धेरै झगडा भएको थियो। त्यसपछि दुवै कहिल्यै बोलेनन्।

    वर्ष २०१४ मा, नयाँ वर्षको पार्टीबाट फर्केर सिद्धार्थले मादक पदार्थ पिएर सवारी साधन चलाउँदा २ हजार रुपैयाँ ज,रि,वा,ना तिर्नु परेको थियो।
    उनी प्रायः आफ्नो अफेयरका कारण चर्चामा रहेका थिए। जब सिद्धार्थ बिग बोस गए, उनको नाम तनिषा मुखर्जी, रश्मी देसाई, आकांक्षा पुरी, शेफाली जरिवाला र स्मिता बंसलसँग पनि जोडिएको थियो।

    बालिका वधुमा काम गर्ने शीतल खण्डलले उनीमाथि गम्भीर आरोप लगाएकी थिइन्। शीतलका अनुसार सिद्धार्थ उनलाई दोहोरो अर्थ र लाग्ने बेइजती जोक्स पठाउँथे। यस बारेमा शीतलले शो को निर्मातालाई पनि बताएकी थिइन्। त्यसपछि सिद्धार्थले अर्को दिन सेटमा धेरै हंगामा मच्चाएका थिए।

    सिद्धार्थ तिव्र गतिमा गाडी चलाउनेमा पनि परिचित थिए। एकपटक सिद्धार्थले कार चलाउँदा आफ्नो नियन्त्रण गुमाए र उनको कार तीनवटा कारहरुसँग ठोक्कियो। यही आरोपमा २२ जुलाई २०१८ मा उनलाई प्रहरीे पक्राउ समेत गरेको थियो।

    प्रहरीले सिद्धार्थविरुद्ध मु।द्दा दर्ता गरेको थियो। उनी ५ हजार रुपैयाँ जरिवाना तिरेपछि जेलबाट रिहा भएका थिए। उनीमाथि पुर्व प्रेमिका शिल्पा सिन्धले पनि सम्बन्धका बेला हातपात गरेको आरोप लगाएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार