Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ? अभिनेताले भने, ‘भगवान् थोरै त दया गर’

    सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ? अभिनेताले भने, ‘भगवान् थोरै त दया गर’

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 3.4K
    SHARES

    एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी टिभी अभिनेताका रुपमा छवि बनाएकf सिद्धार्थ बिग बोसको विजेता पनि थिए।

    उनको निधनले सबै कलाकार, प्रशंसकहरु दुःखी भए। सबैभन्दा बढी पीडा उनको परिवार र प्रेमिकामा परेको छ। उनकी प्रेमिका शेहजान गिलको अवस्था हालसम्म पनि नाजुक रहेको छ। उनी कोहीसँग नबोल्ने, खाना पनि नखाने अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ।



    यसैबीच बिग बोस फेम अभिनव शुक्लाले सिद्धार्थको परिवार र शेहनाजसँग भेट गरेका छन्। रुबीना दिलैकसँग सिद्धार्थको घर पुगेका उनले शेहनाज यो कठिन परिस्थितिको सामना गरिरहेकी बताएका छन्।



    ‘म आशा र कामना व्यक्त गर्दछु कि शेहनाज र सिद्धार्थको परिवारलाई शक्ति मिलोस्। मैले र रुबीनाले शेहनाजकी आमासँग भेट गरेका छौं। उनी आफैंलाई सम्हाल्दैछिन्। म प्रार्थना गर्छु कि भगवान उनको पीडालाई कम गरोस्,’ अभिनवले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार