Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिद्धार्थ शुक्ला बितको ४ दिनपछि परिवारद्वारा पहिलोपटक विज्ञप्ति जारी

    सिद्धार्थ शुक्ला बितको ४ दिनपछि परिवारद्वारा पहिलोपटक विज्ञप्ति जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी – बलिउडका उदियमान अभिनेता सिद्धार्थ शुक्लाले संसार छाडेको ४ दिन भइसकेको छ। शुक्लाको गत सेप्टेम्बर २ तारिखका दिन निधन भएको थियो।

    उनको हृदयघातका कारण मृत्यु भएको थियो। उनको निधनले बलिउड फिल्म उद्योग, उनका प्रशंसकहरु, साथीहरु, उनको परिवार सबै स्तब्ध भए।



    हाल अभिनेता सिद्धार्थको परिवारले उनको मृत्यु पछि पहिलो पटक बयान जारी गरेको छ। उनको मृत्यु भएको ४ दिनपछि शुक्ला परिवारको तर्फबाट एक बयान जारी गरिएको हो।



    ‘सिद्धार्थको यात्राको हिस्सा बनेका र उनलाई निस्वार्थ माया गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दछौं। यो उनको समाप्ति हैन किनकि सिद्धार्थ हामि सबैको मनमा बसेका छन्। सिद्धार्थ आफ्नो गोपनीयतामा धेरै ध्यान दिन्थे त्यसैले हामि अनुरोध गर्छौँ कि हामीलाई यो कठिन समयमा एक्लै शोक व्यक्त गर्न दिनुहोस्,’ सिद्धार्थ शुक्लाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    ‘मुम्बई पुलिस बलको संवेदनशीलता र सहयोगको लागि धरै–धेरै धन्यवाद। यस कठिन परिस्थिमा हामीलाई पूर्ण रुपमा सहयोग गरेकोमा धन्यावाद। तपाईहरु सबैलाई अनुरोध छ, सिद्धार्थको यादलाई प्रार्थनामा राख्नुहोस्। ओम शान्ति शुक्ला परिवार,’ विज्ञप्तिमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार