Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘सिद्धार्थ सिद्धार्थ’ भन्दै चिच्याउँदै थिइन् शेहनाज…(भिडियो)

    ‘सिद्धार्थ सिद्धार्थ’ भन्दै चिच्याउँदै थिइन् शेहनाज…(भिडियो)

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । बिहीबार दिवंगत भएका बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ। ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो।

    सिद्धार्थको अन्तिम संस्कार भइरहेका बेला उनकी प्रेमिका शेहनाज गिल भने भावविह्वल भएकी थिइन्। शेहनाजलाई उनका भाइले सम्हालेका थिए। सिद्धार्थलाई अन्तिम बिदाई गर्दा शेहनाज ‘सिद्धार्थ…सिद्धार्थ’ भन्दै चिच्याउँदै थिइन्।



    अभिनेताको निधनपछि शेहनाजको अवस्था एकदमै बिग्रिएको छ। उनलाई सम्हाल्न मुश्किल भइरहेको उनले पिताले जानकारी दिएका छन्। सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए। शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन्।



    टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाएका छन्। उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शेहनाजसँग विवाह गर्ने योजना बनाएका थिए।

    उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी शुरु गरिसकेका थिए। उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए। सिद्धार्थ र शेहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए।

    सिद्धार्थको असायमिक निधनले बलिउड स्तब्ध भएको छ। उनका प्रशंसकहरुमा पनि शोक छाएको छ। परिवार, प्रशंसकहरु र सहकर्मीसँगै उनलाई माया गर्नेहरुको रुवाबासी नै चलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार