Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विक्षिप्त शेहजान ‘हौंसला रख्’को शुटिङमा कहिले फर्किन्छिन् ?

    विक्षिप्त शेहजान ‘हौंसला रख्’को शुटिङमा कहिले फर्किन्छिन् ?

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 2.8K
    SHARES

    एजेन्सी – अभिनेत्री तथा बिग बोस प्रतिस्पर्धी शेहनाज गिल र दिलजीत दोसाँझ अभिनीत फिल्म ‘हौंसला रख’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो। शेहजान र दिलजीत यस फिल्मका लागि काम शुरु गर्नै लागेका थिए।

    तर यो शुरु हुन सकेन। किनकी अभिनेता सिद्धार्थ शुक्लाको निधनपछि शेहनाज गहिरो दुःखमा छिन्। हाल उनी कसैसँग कुरा पनि गरिरहेकी छैनन्।



    फिल्मको निर्माण टिमले अभिनेता र अभिनेत्रीबारे जानकारी गराएको छ। टिमले सेप्टेम्बर १५ मा प्रमोशनल गीतको शुट गर्ने तयारी गरेको बताएको छ। तर उक्त काम पोस्टपोन्ड गर्नुपरेको छ। किनकि शेहजान शुटिङ गर्ने अवस्थामा छैनन्।



    फिल्मका निर्माताले भने, ‘हामी शेहनाजको ठिक हुने समय कुरिरहेका छौं। यो ठूलो दुःखबाट उनी बाहिर आउने समयको प्रतिक्षामा छौं। १५ सेप्टेमबरमा गीतको शुटिङ गर्ने भनिए पनि त्यो सम्भव भएन। अब छिट्टै नयाँ मिति तयार गर्छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार