Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तस्करी गरी ल्याइएको ७५ लाख ५६ हजारको औषधी अटोबाट बरामद

    तस्करी गरी ल्याइएको ७५ लाख ५६ हजारको औषधी अटोबाट बरामद

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । इलाका प्रहरी कार्यालय लहानले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी बरामद गरेको छ। प्रहरी टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।

    बिहान राति सवा २ बजे लहान नगरपालिका–१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।



    लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालका अनुसार बरामद भएको औषधी तीन खालको रहेका छन् । रिकल–केटु–सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालले जानकारी दिए।



    कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको प्रहरीको निष्कर्ष छ । रातको समयमा पनि प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएकाले औषधीमात्रै बरामद गरिएको दाहालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार