Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार ८९ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु, १,५३८ जना डिस्चार्ज

    १ हजार ८९ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु, १,५३८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० जनाको पीसीआर परीक्षणमा ९७६ र २ हजार ८०१ को एन्टिजेन परीक्षणमा ११३ जना गरी १ हजार ०८९ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ६९ हजार २७१ जना पुगेको छ ।



    जसमध्ये २९ हजार ०८१ जना होम आइसोलेसनमा र २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८३८ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो शनिबार १,२६८ जना संक्रमित थपिँदा ९ जनाको मृत्यु भएको थियो भने  २,१९५ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार