Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रदेश २ जसपाका तीन जना सांसदले रोजे लोसपा

    प्रदेश २ जसपाका तीन जना सांसदले रोजे लोसपा

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.4K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा थप तीन सांसद जनता समाजवादी पार्टी (जसपा)बाट लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा)रोजेका छन् ।

    आइतबार लोसपा रोज्ने सांसद अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो रहेका छन् । तीनैजना सांसदले जनकपुर निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको लोसपा सांसद परमेश्वर साहले बताए ।



    यी तीनै जना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपामा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरि सकेका थिए ।



    परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए ।

    सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार