Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पञ्जशिर कब्जा गरेपछि तालिवानद्वारा हवाइ फायर गरेर खुसीयाली

    पञ्जशिर कब्जा गरेपछि तालिवानद्वारा हवाइ फायर गरेर खुसीयाली

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 6.1K
    SHARES

    एजेन्सी। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक पत्रकार सम्मेलनमा तालिबानले पञ्जशिर प्रान्त कब्जा गरेको दाबी गरेका छन्।

    उनले काबुलमा आयोजित पत्रकार सम्मेलनमा उपत्यका आज पूर्ण रुपमा खाली भैसकेको दाबी गरे ।



    तालिबानका प्रवक्ताले  तालिबानले वार्ता गर्ने प्रयास गर्दा विपक्षी समूहले ‘नकारात्मक प्रतिक्रिया’ दिएको आरोप लगाएका छन् ।



    जबीहुल्लाह मुजाहिदका अनुसार तालिबानले उनीहरुलाई आतंकवादबाट छुटकारा पाउनको लागी आफ्नो सैन्य सेना अन्तिम कुनामा पठाएको थियो।

    मुजाहिदले  पञ्जशीरमा बिजुली र इन्टरनेट आजबाट बहाल हुने वताए । तालिबानले यस क्षेत्रमा फोन, इन्टरनेट र बिजुलीको लाइन काटिसकेको थियो।

    तालिबानले कि पञ्जशिर कब्जा गर्ने लडाईमा कुनै सामान्य मानिसको मृत्‍यु नभएको पनि जनाए ।

    पञ्जशिर नियन्त्रणमा लिएको खुसीयालीमा तालिबानी लडाकुहरुले शुक्रबारदेखि नै हवाइ फायर गरेर खुसीयाली मनाइसहेका छन् ।

    यसरी हवाइ फायर गर्दा ठूलो संख्यामा अफगानीहरु मारिएको पनि बताइएको छ ।

    यही बीचमा तालिबानले अर्को ठूलो दावी गरेको छ । तालिबानका अनुसार उसका लडाकुहरुले रेजिस्टेंस फोर्स अर्थात नर्दर्न एलायन्सका प्रमुख कमाण्डर सालेह मोहम्मदलाई पनि मारिदिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार