Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सभामुखलाई टेरेनन् एमाले सांसदहरुले, दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

    सभामुखलाई टेरेनन् एमाले सांसदहरुले, दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ। यसअघि पनि ,१५मिनेटका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

    बैठकको सुरुमै बोलेका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेका सांसद किन बचाएको र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका थिए।



    जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।



    सभामुख सापकोटाले एमाले सांसदहरुलाई तपाइहरुको माग सुनुवाइ भइसक्यो बैठक संचालन गर्ने माहोल सिर्जना गर्दिनुहोस भनेर पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गर्दै संसद र सभामुख विरुद्द नाराबाजी गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार