Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पपुवा न्यूगिनीको ब्याटिङ लाइन ध्वस्त पार्दै नेपाल, ५० रन नपुग्दै चौथो सफलता

    पपुवा न्यूगिनीको ब्याटिङ लाइन ध्वस्त पार्दै नेपाल, ५० रन नपुग्दै चौथो सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं – नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ४ विकेट गिरेको छ।

    नेपालका लागि हालसम्म सोमपाल कामी, सन्दीप लामिछाने, बिक्रम सोब एक–एक विकेट लिएका छन्। पिएनजीका एक खेलाडी रन आउट भएका थिए।
    हाल पिएनजीले १२.३ ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको छ।



    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार