Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

    पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं – नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ५ विकेट गिरेको छ।

    नेपालका लागि पाँचौं सफलता लेग स्पिनर सनदीप लामिछानेले दिलाएका हुन्। खेलमा सन्दीपको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीपले ३ ओभर बलिङ गर्दा ३ रन दिएर २ विकेट चट्काएका हुन्।



    नेपालका लागि त्यसअघि सोमपाल कामी, बिक्रम सोबले एक–एक विकेट लिएका थिए। पिएनजीका एक खेलाडी रन आउट भएका थिए।
    हाल पिएनजीले १४ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन बनाएको छ।



    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार