Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोनाल्डोले भने, ‘म्यानचेस्टर युनाइटेड फर्किएर जीवनकै उत्कृष्ट निर्णय गरेँ’

    रोनाल्डोले भने, ‘म्यानचेस्टर युनाइटेड फर्किएर जीवनकै उत्कृष्ट निर्णय गरेँ’

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । विश्व फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्किएर आफूले जीवनकै उत्कृष्ट निर्णय गरेको बताएका छन्। शनिबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा २ गोल गर्दै उनले युनाइटेडलाई न्यूक्यासलविरुद्ध ४–१ को जित दिलाउन मद्धत गरेका थिए।

    खेलपछि रोनाल्डोले १२ वर्षपछि क्लब फर्किनु आफ्नो जीवनको सबैभन्दा राम्रो र सही निर्णय भएको बताएका हुन्। ‘यो नै मैले मेरो जीवनमा गरेको सबैभन्दा राम्रो निर्णय हो,’ टेलिफुटसँगको कुराकानीमा उनले भने।



    ‘म इतिहास रच्न चाहन्छु, म्यानचेस्टर युनाइटेडलाई राम्रो नतिजा दिलाउन र उपाधि जित्न मद्धत गर्नेछु,’ रोनाल्डोले थपे। त्यस्तै राफेल भारानेले रोनाल्डोसँग पुनर्मिलन भएको भन्दै खुशी व्यक्त गरे।



    ‘सर्वोत्कृष्टसँग खेल्नु खुशीको कुरा हो। क्रिस्टियानो उत्कृष्ट खेलाडी हुन्, शारिरीकरुपमा सधैं र फिनिसिङमा उनको एक क्वालिटी छ,’ भारानेले भने, ‘उनले टिममा सबैभन्दा महत्त्वपूर्ण कुरा उनको जित्नैपर्ने मानसिकता लिएर आएका छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार