Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

    च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 540
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

    गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको समूहको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएपछि युनाइटेडको यात्रा समाप्त भएको हो । बायर्न म्युनिखको जितमा ७० औं मिनेटमा किङस्ले कोमनले गोल गरे ।



    नकआउट चरणमा स्थान सुरक्षित गर्न बुन्डेसलिगा च्याम्पियन बायर्नलाई हराउनै पर्ने थियो । यसै समूहको अर्को खेल गालातासारे र कोपनहेगन बीचको खेल बराबरीमा सकिनु पर्ने थियो ।



    तर दुवैको नतिजा युनाइटेडको पक्षमा आएन। बार्यन यसअघिनै समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा पुगिसकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार