Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी मिलेमतोमा अस्पतालबाट फरार भएका अभियुक्त २४ घण्टामै पक्राउ

    प्रहरी मिलेमतोमा अस्पतालबाट फरार भएका अभियुक्त २४ घण्टामै पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2.5K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

    लागूऔषध मुद्दामा पक्राउ परेका  चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका थिए ।



    उनलाई वीरगञ्जस्थित   शंकराचार्य गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
    प्रहरीका अनुसार गत भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनार लागूऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुलसहित पक्राउ परेका थिए। यद्यपि पक्राउ परेका सोनारलाई प्रहरीले सार्वजनिक गरेको थिएन।



    लागूऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएका थिए

    प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले लापरवाही गर्ने हवल्दारलाई कारवाही नगरेको भन्दै आलोचना खेपेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार