Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • ओमानलाई नेपालको बलियो लक्ष्य, चम्किए आसिफ

    ओमानलाई नेपालको बलियो लक्ष्य, चम्किए आसिफ

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेट खेलमा नेपालले ओमानलाई बलियो लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको हो।

    नेपालले ओभरमा ४७.४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन बनायो। नेपालका लागि आरिफ शेखले ९० रनको सानदार पारी खेले। उनले १ सय १२ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।



    त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछाने १६ रनमा रन आउट हुँदा सोमपाल ७ रनमा रनआउट भए। विनोद भण्डारीले ६ रन, कुशल मल्लले ४ रन, करन केसीले २१ र सुशन भारीले २ रन बनाए।



    बलिङतर्फ ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चिएका थिए। त्यस्तै, नेस्टर धाम्बाले २ विकेट लिए। जिशान मसूद र मोहम्मद नादिमले एक–एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार