Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोड गरेको पेस्तोलसहित लुटेरा समूहका खुंखार नाइके पक्राउ

    लोड गरेको पेस्तोलसहित लुटेरा समूहका खुंखार नाइके पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरीको विशेष टोलीले लोड गरिएको पेस्तोलसहित लुटेरा समूहका खुंखार नाइकेलाई पक्राउ गरेको छ । सशस्त प्रहरीको टोलीले आज स्वयम्भू छाउनीबाट काठमाडौ तारकेश्वर–३ का सोनाम लामा तामाङलाई पेस्तोल र मोटरसाईकलसहित पक्राउ गरेको हो ।

    चोरी लुटपाटमा पटक–पटक पक्राउ परेर रिहा हुँदै आएका तामाङ पछिल्लो समय फरार सूचीमा थिए । प्रहरीले तामाङको साथबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक जर्मन पेस्तोल र बा ४९ प ७८६५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।



    तामाङ समूहमा रहेका अरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानमा तामाङको समूहले लुटपाटको योजना बनाइरहेको पनि खुलेको छ । तामाङको समूहमा रहेका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार