Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पेस्तोल देखाई गहना लुटेर भाग्दै गरेका तीन लुटेरा गैंडाकोटकी इन्सपेक्टरको जालमा

    पेस्तोल देखाई गहना लुटेर भाग्दै गरेका तीन लुटेरा गैंडाकोटकी इन्सपेक्टरको जालमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 2.1K
    SHARES

    गैंडाकोट । इलाका प्रहरी कार्यालय गैंडाकोटले पेस्तोल देखाएर गहना लुटेर भाग्दा भाग्दै तीन जनालाई पक्राउ गर्न सफल भएको हो । इप्रका गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे नेतृत्वको टोलीले लुटेरालाई पक्राउ गर्न सफल भएको हो ।

    सोमबार पूर्वी नवलपरासीको गैंडाकोटमा तीन जनाले गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भागेका थिए । प्रहरीले तत्कालै उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।



    ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोजेका थिए ।  त्यसलगत्तै प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले राम बहादुर क्षेत्रीलाई तत्काल पक्राउ गरेको थियो ।

    प्रहरीले  गैंडाकोट नगरपालिका–१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट  हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गर्न सफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार