Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मध्यरातमा ७ घण्टा उखुबारी ‘सर्च’ : स्थानीय र प्रहरीले समाते हतियारधारी भारतीय लुटेरा

    मध्यरातमा ७ घण्टा उखुबारी ‘सर्च’ : स्थानीय र प्रहरीले समाते हतियारधारी भारतीय लुटेरा

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 639
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा तीन जना भारतीय हतियारधारी लुटेरा प्रहरीको फन्दामा परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १ वैशाखी गाउँबाट प्रहरी र स्थानीयको सक्रियतामा भारतीय लुटेरालाई प्रक्राउ गरिएको हो ।

    मध्यरातमा लुटेराहरूको समूह नेपाल प्रवेश गरेको थियो । हतियार सहित लुटपाट गर्न नेपाल आएका उनीहरुको मध्यरातमा प्रहरी र स्थानीयसँग जम्काभेट भएको थियो ।



    पुसे १५ मनाइरहेका बेला स्थानीय र प्रहरीसँग भेट भएपछि उनीहरु तितरबितर भए । यहि क्रममा सबै एक घर भित्र लुकेको अवस्थामा प्रहरीले एक लुटेरालाई पक्राउ ग¥यो । ती लुटेराबाट प्रहरीले एक पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरिएको थियो ।



    थप अनुसन्धानका केरकार गर्दा सोही व्यक्तिको बयानका आधारमा प्रहरी र स्थानीयको सक्रियता थप दुई जना पक्राउ परे । सबै भन्दा पहिले पक्राउ परेका लुटेराले आफ्ना केही साथी नजिकैको उखुबारीमा लुकेको प्रहरीलाई बयान दिएका थिए ।

    सोही बयानको आधारमा प्रहरी र स्थानीय करिब ७ घण्टा उखुबारीमा सर्च गरेर थप २ जना लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार