Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    संक्रमितको संख्यामा निरन्तर उकालो: १,७६० जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु

    संक्रमितको संख्यामा निरन्तर उकालो: १,७६० जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु

    १ हजार २२० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुन: उकालो लागेको छ । पछिल्लो समय दिनप्रतिदिन विस्तारै घटिरहेका बेला सोमबारदेखि पुन: संक्रमितको संख्या उकालो लागेको हो।

    यसअघि आइतबार एक हजारभन्दा कममा संक्रमण पुष्टि हुँदा सोमबार साँढे १४ सय जतिमा संक्रमण पुष्टि भएको थियो । मंगलबार  झन्डै १५ सयको हाराहारीमा थपिएका थिए भने आज लगभग १८ सय जति थपिएका छन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।



    जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १,२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ९१ जना पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार