Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादीले बोलायो स्थायी कमिटी बैठक, मन्त्रीको नाम आजै टुंग्याउने

    माओवादीले बोलायो स्थायी कमिटी बैठक, मन्त्रीको नाम आजै टुंग्याउने

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटीकाे बैठक बोलाएको छ।

    बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।



    शाहका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो ।



    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । त्यही अनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ ।

    काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककै बीचमा स्थायी कमिटी बैठक बस्ने बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार