Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • को हुन् ती डाक्टर जसले शक्तिशाली भूकम्पमा पनि बिरामीको अप्रेशन गरिरहे ?

    को हुन् ती डाक्टर जसले शक्तिशाली भूकम्पमा पनि बिरामीको अप्रेशन गरिरहे ?

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्।

    स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । उक्त स्थान भिक्टोरिया राज्यको राजधानी नजिकै छ।



    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद समाचार भएको बताएका छन्।



    भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पपछि दुइटा साना परकम्प पनि गएका छन्।

    केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो। तर, त्यसबाट खासै ठूलो क्षति भएको जस्तो देखिँदैन।

    अमेरिकाबाट बोल्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका लागि भूकम्प असामान्य भएकाले ‘निकै अशान्तिकारक घटना’ हुनसक्ने बताएका छन्। भिक्टोरिया राज्यको आपत्कालीन सेवाले सर्वसाधारण मानिसलाई सम्भावित परकम्पप्रति चनाखो रहन आग्रह गरेको छ।

    ‘तपाईँ भिक्टोरियामा हुनुहुन्छ भने तपाईँ जोखिममा हुनुहुन्छ। परकम्पहरू जान सक्छन्, त्यसैले क्षतिग्रस्त भवन र अन्य खतराबाट परै बस्नुहोस्। अत्यावश्यक हुँदाबाहेक सवारी नचलाउनुहोस्,’ उसले भनेको छ।

    मुटुको शक्यक्रिया गर्दागर्दै भूकम्प

    डा. समीर ठाकुरका अनुसार भूकम्प जाँदा उनी मेल्बर्ननजिकै एउटा अस्पतालमा बिरामीको मुटुको बाईपास शल्यक्रिया गर्दै थिए। ‘हामी शल्यक्रियाको भाग कामतिर थियौँ अनि हामीले शल्यक्रिया गर्ने टेबल चलेको महसुस गर्‍यौँ,’ उनले बीबीसी न्यूजडेसित भने।

    ‘कक्षमा यताउता हेर्दै आईभी पोलहरू चलिरहेका थिए अनि हामीसँग भएका क्ल्याम्पहरू पनि हल्लिरहेका थिए।’

    भाग्यवश कम्पन नरोकिँदासम्म शल्यक्रिया रोक्न सकिने चरणमा भएको र त्यसपछि शल्यक्रिया सम्पन्न गरिएको उनले बताए। (बीबीसी :नेपाली)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार