Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त, शपथपछि आजै न्यूयोर्क जाने

    राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त, शपथपछि आजै न्यूयोर्क जाने

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्।



    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



    राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण अबको केही बेरमा हुने जनाइएको छ। खड्का कार्यभार सम्हालेर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने पनि वताइएको छ ।

    सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार