Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • क्यानडामा जागिरको अफर भन्दै फेसबुकमा विज्ञापन, लाखौं ठगी गर्ने आलम र विश्वकर्मा पक्राउ

    क्यानडामा जागिरको अफर भन्दै फेसबुकमा विज्ञापन, लाखौं ठगी गर्ने आलम र विश्वकर्मा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङ काममा पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा जिल्ला मोरङ पथरी शनिश्चरेका ३४ बर्षीय नगेन्द्र विश्वकर्मा र ३७ वर्षीय प्रवेज आलम रहेका छन्।



    महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार ठगी कार्यमा संलग्न उनीहरुले फेसबुकमार्फत् क्यानडामा जागिरको अफर भन्दै विज्ञापन गरेका थिए।



    फेसबुकमा उक्त अफरदेखेपछि व्हाट्सअपमार्फत आशिष काफ्लेले सम्पर्क गरे । उनीहरुले भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै खातामा ३ लाख डिपोजिट गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको महाशाखाका एसपी कोइरालाले जानकारी दिए । तर, रकम पाएपछि सम्पर्कबिहीन भएपछि पीडित काफ्ले महाशाखामा उजुरी बोकेर पुगेका थिए ।

    यसबारे थप अनुसन्धान गर्न उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार