Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    १,२८२ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु, १,२६२ जना डिस्चार्ज

    १,२८२ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु, १,२६२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर विधिबाट १२ हजार ०८१ जना र एन्टिजेनबाट ३ हजार ४०७ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार २६२ संक्रमित निको भएका छन्।



    संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ।



    मन्त्रालयका अनुसार हाल १७ हजार ५३५ सक्रिय संक्रमित छन् ।

    यसअघि हिजो आइतबार ८३४ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार