Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान इन्जमामलाई हृदयघात

    पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान इन्जमामलाई हृदयघात

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान इन्जमाम उल हकलाई हृदयघात भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार हृदयघातपछि लाहोरको अस्पतालमा लगिएको थियो।

    अस्पतालमा उनको एन्जियोप्लास्टी गरिएको बताइएको छ। तीन दिनदेखि उनले छातीमा दुखाइ महसुस गरे पनि सोमबार परीक्षण गर्दा हृदयघात भएको पुष्टि भएको थियो। परीक्षणलगत्तै सर्जरीका लागि लगिएको थियो।



    हाल पूर्वकप्तान इन्जमामको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ। पाकिस्तानले सन् १९९२ मा विश्वकप क्रिकेटको उपाधि जित्दा इन्जमामको मुख्य भूमिका थियो। ५१ वर्षीय इन्जमाम पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले ३७५ खेलमा ११७०१ रन बनाएका छन्।
    उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। त्यसपछि उनी पाकिस्तान क्रिकेट टिममा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। उनी पाकिस्तानका सफ कप्तानमध्ये एक हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार