Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवतार २ हेर्न पुगेका दर्शकको हृदयघातका कारण मृत्यु

    अवतार २ हेर्न पुगेका दर्शकको हृदयघातका कारण मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 891
    SHARES

    काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ ।

    फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।



    चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् । चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको थियो ।



    लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् । फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पुर्याइएको थियो । जहाँ चिकित्सकले उनको निधनको घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार