Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हलिउड फिल्म ‘म्याड म्याक्स फ्युरी’को नयाँ ट्रेलर सार्वजनिक

    हलिउड फिल्म ‘म्याड म्याक्स फ्युरी’को नयाँ ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 321
    SHARES

    काठमाडौं । वार्नर ब्रोजले चर्चित हलिउड फिल्म ‘म्याड म्याक्स फ्युरी रोड’को नयाँ श्रृंखला ‘फ्युरियोसा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

    कुनै विपत्तिले ब्रह्माण्ड ध्वंश भइसकेको सेटिङमा तयार भएको यो फिल्म सन् २०२४ को हलिउडको निकै प्रतीक्षित फिल्म हो।



    फिल्मले अन्या–टेलर जोयलाई योद्धा राजकुमारी फुरियोसाको रूपमा चित्रण गरेको छ ।



    यसअघि यो भूमिकामा चार्लिज थेरोनले अभिनय गरेकी थिइन्, जुन सन् २०१५ मा रिलिज भएको थियो ।

    यो फिल्म ‘म्याड म्याक्स’ श्रृंखलाको छैटौं सिक्वेल हो । पछिल्लो श्रृंखलामा टम हार्डी, चार्ली थेरोनले अभिनय गरेका थिए ।

    उक्त फिल्मले विश्वव्यापी ३८० मिलियन डलर कमाइ गरेको थियो । ओस्कारमा १० विधामा मनोनित भएको थियो ।

    यो फिल्म नेपालसहित विश्वभर जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार