Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फिल्म ‘आदिपुरुष’ले हनुमानका लागि हरेक हलमा एक सिट खाली राख्‍ने

    फिल्म ‘आदिपुरुष’ले हनुमानका लागि हरेक हलमा एक सिट खाली राख्‍ने

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै एक घोषणा गरेका छन् ।

    फिल्म रिलिज समय नजिकिँदै गर्दा निर्माण टिमले रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने घोषणा गरेको हो ।



    ओम राउतद्धारा निर्देशित यो फिल्म असार १ गते रिलिज हुँदैछ । मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा सीताहरणको प्रसंगलाई देखाइएको छ।



    फिल्ममा प्रभास रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । सैफअली खान रावणको भूमिकामा देखिनेछन् ।

    यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार