Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंका हलहरुमा लाग्यो प्रभास र सैफको ‘आदिपुरुष’

    काठमाडौंका हलहरुमा लाग्यो प्रभास र सैफको ‘आदिपुरुष’

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ।

    बिहानको शोहरु सुरक्षाका कारण स्थगित भए पनि  मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।



    भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको हो। नेपालमा यो संवाद हटाएर सेन्सर पास भइसकेको छ।



    आज (जुन १६) देखि भारतका विभिन्न सहर र नेपालमा पनि रिलिजको तयारीमा रहेको चलचित्रमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश उल्लेख गरेको पाइएपछि महानगर प्रमुख बालेन शाहले ‘आदिपुरुष’ नसच्याए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार