Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हलिउड अभिनेता जेट ली काठमाडौंमा

    हलिउड अभिनेता जेट ली काठमाडौंमा

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 639
    SHARES

    काठमाडौं । हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् ।  केही दिनअघि नेपाल आएका उनी बौद्धको एक गुम्बामा रहेका छन्।

    अभिनेता जेट ली बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन नेपाल आएका हुन्।



    शनिबार जेट लीसँगै अभिनेत्री मनिषा कोइराला, आनी छोइङ डोल्मा, युवराज घिमिरे पनि उक्त गुम्बामा पुगेका थिए ।



    जसको जानकारी मनिषाले सामाजिक संजाल फेसबुकमा तस्बिर सहित दिएकी छन्। जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् ।

    उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौँ आएको बताइन्छ ।

    जेट ली कति दिन काठमाडौं बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार