Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यस वर्षको ओस्कार अवार्डलाई जिमीले होस्ट गर्ने

    यस वर्षको ओस्कार अवार्डलाई जिमीले होस्ट गर्ने

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 705
    SHARES

    एजेन्सी। हलिउड टेलिभिजन स्टार जिमी किमेलले सन् २०२३ को ओस्कार अवार्ड होस्ट गर्ने भएका छन् ।

    ओस्कार आयोजक एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले किमेललाई चौथो पटक होस्टको जिम्मेवारी दिएको हो ।



    एमी अवार्ड विजेता समेत रहेका किमेलले यसअघि २०१७, २०१८ र २०२३ मा ‘जिमी किमेल लाइभ’ कार्यक्रमको रुपमा ओस्कार होस्ट गरेका थिए ।



    सन् २०२३ मा ओस्कार अवार्ड कार्यक्रमका दर्शकको संख्यामा वृद्धि भएको देखिन्छ । सो वर्ष १८.८ मिलियन दर्शकले कार्यक्रम हेरेको भनिएको छ, जुन अघिल्लो वर्षको भन्दा १३ प्रतिशतले वृद्धि हो ।

    यो संख्या सन् २०२३ मा भएका ग्रामी र एमी अवार्ड कार्यक्रमको भन्दा दोब्बर हो । यस वर्ष लोकप्रिय फिल्मले ओस्कारमा प्रतिस्पर्धा गर्दैछन्, जसमा ‘बार्बी’ र युनिभर्सल पिक्चर्सको ‘ओपेनहाइमर’ छन् ।

    एकै दिन रिलिज भएका यी दुवै फिल्मलाई संयुक्त रुपमा ‘बार्बेनहाइमर’ भनियो, जसले गृष्म ऋतुमा संसारभरका फिल्म हल र पप संस्कृतिलाई कब्जा गरे ।

    यस वर्ष अमेरिकी फिक्सन फिल्म ‘किलर्स अफ द फ्लावर मुन’, माएस्ट्रो र पुअर थिंग्स जस्ता चर्चित फिल्मले सर्वश्रेष्ठ फिल्म विधामा प्रतिस्पर्धा गर्दैछन् ।

    यी फिल्म अन्य प्रतिस्पर्धीलाई भारी पर्ने अनुमान छ । ९६ औं ओस्कार अवार्ड १० मार्च २०२४ मा आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार