Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विवादित बनेपछि भारतमा ‘आदिपुरुष’ को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट

    विवादित बनेपछि भारतमा ‘आदिपुरुष’ को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 981
    SHARES

    मुम्बइ । भारतीय फिल्म ‘आदिपुरुष’ विवादित बनेपछि चौथो दिन नै कमाइमा ठूलो गिरावट आएको छ।

    भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको हो ।



    पहिलो दिन विश्वव्यापी रुपमा कमाइ १४० करोड रुपैयाँ कमाएको फिल्मले सोमबार भारतमा ९ देखि १० करोड मात्रै कमाएको जनाइएको छ ।



    अग्रिम बुकिङका कारण उक्त फिल्मले पहिलो दिन विभिन्न रेकर्ड बनाएको थियो। संवाद र पात्रलाई गलत रुपमा चित्रण गरिएको भन्दै भारत साथै नेपालमा विरोध भइरहेको छ ।

    फिल्मको सामाजिक सञ्जालमा भइरहेको विरोधले कलेक्सनमा असर परेपछि निर्माता तथा लेखकले माफी मागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार