Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘आदिपुरुष’ का लेखक शुक्लाले मागे माफी, भन्छन् – जन भावनालाई स्वीकार गर्छु

    ‘आदिपुरुष’ का लेखक शुक्लाले मागे माफी, भन्छन् – जन भावनालाई स्वीकार गर्छु

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएको थियो ।



    सिनेमाको चौतर्फी आलोचना हुँदा बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन । उनले जनताको भावनालाई स्वीकार गर्ने पनि बताएका छन् । सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए ।



    उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार