Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय फिल्म रोक लगाउने बोलनको निर्णय उचित, देशभक्त नेपालीले समर्थन गरौँ : भीम रावल

    भारतीय फिल्म रोक लगाउने बोलनको निर्णय उचित, देशभक्त नेपालीले समर्थन गरौँ : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरका हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णयमा साथ दिन नेकपा एमालेका नेता भीम रावल आह्वान गरेका छन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेका थिए । सो निर्णय सबै देशभक्त नेपालीले समर्थन गर्न नेता रावलले आह्वान गरेका हुन् ।



    नेपालको सांस्कृतिक अतिक्रमणविरुद्ध उचित भएकाले त्यसमा सबै देशभक्त नेपालीले समर्थन गर्नुपर्ने नेता रावलको भनाइ छ ।



    रावलले सामाजिक सञ्जालमा लेखेका छन् ‘भारतमै विवादास्पद ‘आदिपुरुष’मा जानकी सीताको जन्मथलोसम्बन्धी गलत संवाद नेपालमाथिको सांस्कृतिक अतिक्रमण भएकाले त्यसलाई मूल भागबाट हटाउन र नहटाए काठमाडौंमा भारतीय चलचित्रमा रोक लगाउने नगर प्रमुख बालेन्द्र शाहको निर्णय उचित छ । उहाँलाई धन्यवाद दिँदै सबै देशभक्त नेपालीले समर्थन गरौँ।’

    यता हलवालाहरुले पनि सोमबारबाट प्रदर्शन रोक्ने भएका छन् । हलहरूको छाता संगठन चलचित्र संघले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार