Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाली वितरकले देशभर रोके ‘आदिपुरुष’ को प्रदर्शन

    नेपाली वितरकले देशभर रोके ‘आदिपुरुष’ को प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को काठमाडौं उपत्यका र केहि अरु क्षेत्रभित्र मात्र नभई नेपालभर प्रदर्शन रोकिएको छ ।

    फिल्मका नेपाली वितरकले देशका विभिन्न स्थानीय तहमा प्रदर्शन रोकेपछि देशभर प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।



    अहिलेसम्म काठमाडौं र पोखरा महानगर तथा धरान उपमहानगरले आदिपुरुषको प्रदर्शन रोकेका थिए ।



    गत शुक्रबारदेखि प्रदर्शन भइरहेको ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीन दिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले आजबाट प्रदर्शनमा रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार