Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • रणवीर कपूरको ‘एनिमल’ अगस्ट ११ मा रिलिज नहुने, तोकियो नयाँ रिलिज मिति

    रणवीर कपूरको ‘एनिमल’ अगस्ट ११ मा रिलिज नहुने, तोकियो नयाँ रिलिज मिति

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 927
    SHARES

    काठमाडौं । रणवीर कपूरको फिल्म ‘एनिमल’ आगामी अगस्ट ११ मा रिलिज नहुने भएको छ।

    ११ अगस्टमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ र अक्षय कुमारको फिल्म ‘ओ माई गड २’ प्रदर्शन हुँदैछ। एकैदिन ३ ठूला फिल्म रिलिज हुने भएपछि ‘एनिमल’ को रिलिज डेट सारिएको हो।



    यो फिल्म आगामी १ डिसेम्बर ९मंसिर १५० रिलिज हुने पक्का भएको हो। भारतीय समीक्षक तरण आदर्शले फेसबुकमार्फत नयाँ मितिबारे जानकारी दिएका छन्।



    पाँच भाषामा रिलिज हुने फिल्ममा रणवीरका साथै अनिल कपुर, बबी देओल, तृप्ती डिमरी र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।

    सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार