Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौं महानगरमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक, नगर प्रहरी परिचालन

    काठमाडौं महानगरमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक, नगर प्रहरी परिचालन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ ।

    महानगरका प्रमुख बालेन शाहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।



    मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आह्वान गरेका थियौं ।



    नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

    काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार