Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बक्स अफिसमा २ सय करोड कमाउने तेस्रो भारतीय फिल्म बन्यो ‘दृश्यम् २’

    बक्स अफिसमा २ सय करोड कमाउने तेस्रो भारतीय फिल्म बन्यो ‘दृश्यम् २’

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 696
    SHARES

    मुम्बई । अजय देवगन र तब्बु अभीनित ‘दृश्यम् २’ घरेलु बक्स अफिसमा २ सय करोड कमाउने तेस्रो फिल्म बनेको छ ।

    यो साल रिलिज भएका ‘ब्रम्हास्त्र’ र ‘काश्मिर फाइल्स’ले यसअघि यो आँकडा छोएका थिए ।



    नोभेम्बर १८ मा रिलिज भएको फिल्मले पहिलो दिन देखिनै बक्सअफिसमा अभूतपूर्व कमाइ गरेको थियो । बीचमा रिलिज भएका ‘भेडिया’ र ‘एक्सन हिरो’लाई प्रतिस्पर्धामा आउनै नदिई फिल्मले दोस्रो–तेस्रो हप्ता पनि दोहोरो अंकमा कमाइ गरेका थियो ।



    ‘दृश्यम् २’ले गत शुक्रबारसम्ममा १ सय ९८ करोड कमाइ गरेको थियो । शनिबार फिल्मले ४ करोड हाराहारी नेट कमाइ गरेको बलिउड हंगामाको रिपोर्ट छ । योसँगै फिल्मले २ सय करोडको कीर्तिमान बनाएको हो ।

    अजय र तब्बुबाहेक श्रेया शरण, इशिता दत्त, म्रुनाल यादव, रजत कपुर आदि कलाकारको अभिनय रहेको फिल्ममा अक्षय खन्नाले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार