Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘आदिपुरुष’ को कमाइमा भारी गिरावट, ३५ करोडबाट ३ करोडमा झर्यो व्यापार

    ‘आदिपुरुष’ को कमाइमा भारी गिरावट, ३५ करोडबाट ३ करोडमा झर्यो व्यापार

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    मुम्बइ । भारतीय फिल्म ‘आदिपुरुष’ विवादित बनेपछि बुधबारसम्म आइपुग्दा कमाइमा ठूलो गिरावट आएको छ।

    हिन्दी भाषामा मात्र पहिलो दिन ३५ करोडको ओपनिङ गरेको फिल्मले बुधबारसम्म आइपुग्दा यसको व्यापार खुम्चिएर तीन करोडमा झरेको हो ।



    ‘आदिपुरुष’ ले पाँचौँ दिन सोमबार भारतको बक्स अफिसमा १० करोड रुपैयाँ कमाएको थियो । मंगलबार र बुधबार क्रमशः ५ करोड र ३.५० करोड कमाइ गरेको थियो ।



    फिल्मको कमाइमा आएको यो गिरावट देखेपछि निर्मातासँगै फ्यानहरू पनि चिन्तित भएका छन् । हालसम्म फिल्मले भारतभरबाट २ सय ४८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार आलोचनाको बाबजुद रिलिज भएको पाँच दिनमा विश्वभरबाट फिल्मले ३ सय ९५ करोड कमाएको छ ।

    रिलिज भएदेखि नै निकै विवादमा परेपछि नेपालसहित भारतका विभिन्न हलमा हिन्दू संगठनवादीहरुले यो चलचित्रको विरोध गर्दै प्रदर्शनमा रोक लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार