Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पैसा नभएको चेक दिएर फरार भएका खत्री पक्राउ

    पैसा नभएको चेक दिएर फरार भएका खत्री पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनबाट ४ दिन कैद र १० लाख ६५ हजार नौ सय जरिवाना ठहर गरेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

    आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितको नाममा चेक काटिदिने जन्तेढुङ्गा गाउँपालिका–३, खाेटाङ स्थायी घर भई हाल कपन बालुवाखानी बस्ने वर्ष २६ को खगेन्द्र खत्री पक्राउ परेका हुन् ।



    खत्रीले आफ्नो खातामा रकम नभएपनि पीडितलाई ग्लोबल आईएमई बैंकको चेक दिएका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनले बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी २०७७ पुस २८ गते चार दिन कैद र १० लाख ६५ हजार नौ सय रुपैंया जरिवाना ठहर गरेको थियो ।



    अदालतको आदेश लगत्तै फरार भएका खत्रीलाई ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले बालुवाखानीबाट पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई काठमाडौं जिल्ला अदालत पेश गरिएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार