Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बैङ्किङ कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद ठहर प्रतिवादी पक्राउ

    बैङ्किङ कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद ठहर प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं।४ घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङ रहेका छन् ।



    निजले दिएको चेकको रकम एभरेष्ट  बैंक लिमिटेड गोङ्गबुबाट भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८।११।०१ मा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।



    कैद सजाय पाएपछि फरार रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोले  चैत्र १४ गते सामाखुसी, काठमाडौंबाट पक्राउ गरेको हो ।

    गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआइबीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार