Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एभरेष्ट प्रिमियर लिग: ललितपुरमाथि पोखरा राइनोजको रोमान्चक जित

    एभरेष्ट प्रिमियर लिग: ललितपुरमाथि पोखरा राइनोजको रोमान्चक जित

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।

    त्रिवि क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।



    ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए। ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो ।

    ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए ।

    यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको ललितपुर पुछारमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार