Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एभर्टनको पोस्टमा चेल्सीको आधा दर्जन गोल

    एभर्टनको पोस्टमा चेल्सीको आधा दर्जन गोल

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 333
    SHARES

    एजेन्सी । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

    गएराति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।



    चेल्सीका कोले पाल्मरले चार गोल गरे । पाल्मरले खेलको १३औँ, १८औँ, २९औँ र ६४औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १र१ गोल गरे ।



    जितसँगै नवौँ स्थानमा रहेको चेल्सीले ३१ खेलबाट ४७ अंक जोडेको छ। १६औँ स्थानमा रहेको एभर्टनको ३२ खेलबाट २७ अंक रहेको छ।

    प्रिमियर लिगमा ३२ खेलमा ७३ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार