Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ईपीएलमा ललितपुरले बनायो ऐतिहासिक स्कोर, विराटनगरका बलरहरुको राम धुलाई

    ईपीएलमा ललितपुरले बनायो ऐतिहासिक स्कोर, विराटनगरका बलरहरुको राम धुलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई जितका ऐतिहासिक २ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

    टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको हो ।



    ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।



    यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे ।

    यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे ।

    विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार