Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ईपीएल: सन्दीपको काठमाडौँ शरदको भैरहवासँग पराजित, ‘बुमबुम अफ्रिदी’को टोली एलिमेनेटरबाटै आउट

    ईपीएल: सन्दीपको काठमाडौँ शरदको भैरहवासँग पराजित, ‘बुमबुम अफ्रिदी’को टोली एलिमेनेटरबाटै आउट

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किङ्ग्स पराजित भएको छ।

    बुधबार त्रिवि क्रिकेट मैदानमा भएको एलिमेनेटर खेलमा सन्दीप लामिछाने नेतृत्वको काठमाडौँ शरद भेषवाकरको भैरहवा ग्ल्याडिएटरसँग १६ रनले पराजित भएको हो। पराजित सँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।



    भैरहवाले दिएको १८९ रनको टार्गेट काठमाडौँले २० ओभरमा आफ्ना ८ विकेट गुमाउँदै मात्र १७२ बनाउन सक्यो।



    प्रतियोगितामा सोमपाल कामी नेतृत्वको चितवन टाइगर्स यसअघि नै फाइनलमा पुगेको छ भने काठमाडौँसंगको जितपछि भैरहवाले फाइनल प्रवेशका लागि पोखरासँग भिड्नु पर्ने भएको छ। पोखरा पहिलो क्वालिफायरमा चितवन सँग पराजित भएको थियो।

    प्रतियोगिताको सुरुमा सबैले काठमाडौँले फाइनल जित्ने समेत अपेक्षा गरेका थिए । किनकी काठमाडौँको टिममा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी रहेका थिए । तर उनले प्रतियोगितामा एक मात्र खेल खेलेर फर्किएका थिए।  क्रिकेटर अफ्रिदीलाई बुमबुम अफ्रिदीको संज्ञा दिइएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार