Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ईपीएल: सोमपाल नेतृत्वको चितवन फाइनलमा प्रवेश, पोखरा ९ विकेटले पराजित

    ईपीएल: सोमपाल नेतृत्वको चितवन फाइनलमा प्रवेश, पोखरा ९ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । युवा फास्ट बलर सोमपाल कामी नेतृत्वको चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन पहिलो पटक फाइनलमा पुगेको हो ।



    पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए ।



    पोखराका नन्दन यादवले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ६६ रन बनाएको थियो ।पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउँदा सुनिल धमलाले १८ तथा सुशन भारीले १२ रन जोडे।

    पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले समान ४/४ विकेट लिए ।

    अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

    बुधबार नै एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार