Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँ प्रशासनको दुई दिनमा दुईथरी आदेश: अघिल्लो दिन- सभा, सम्‍मेलन नगर्नू, भोलिपल्ट भन्यो- प्रतिबन्ध छैन

    काठमाडौँ प्रशासनको दुई दिनमा दुईथरी आदेश: अघिल्लो दिन- सभा, सम्‍मेलन नगर्नू, भोलिपल्ट भन्यो- प्रतिबन्ध छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, जुलुस, सम्‍मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्वलगायतका क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क)मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ ।’



    प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय एवं प्रचितलि कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिक/सास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्‍देज नलगाएको विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।



    यसअघि हिजो असोज १४ गते  प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा १ (क)मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार