Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अपराध महाशाखाद्वारा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

    अपराध महाशाखाद्वारा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा पटका, आतिसबाजी जन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्‍न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामनगर गाउँपालिका-१ सर्लाही घर भइ हाल काठमाडौंको कागेश्‍वर बस्‍दै आएका ३० वर्षीय कामेश्‍वरप्रसाद यादव रहेका छन् ।



    यादवले विभिन्‍न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइ-छिपाइ पटाका, भुइचम्पालगायतका आतिसवाजीजन्‍य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको महाशाखाको दाबी छ ।



    महाशाखाका अनुसार उनको साथबाट २५ केजी तौल भएको १ बोरा गमला पटाका, स्पेशल फ्लावरकोन पटाका ४२० केजीको ११ कार्टुन्, हाइड्रो फोइल्स फटाका ५४ केजीको ३ कार्टुन, झ्यारझ्यारे पटाका १०९२ केजीको ९१ कार्टुन, रोल क्‍याम्पस पटाका १५ केजीको १ कार्टुन,ग्राउण्ड चक्र पटाका १२० केजीको ४ वटा कार्टुन, स्पाइनर पटाका ९६ केजीको ४ वटा कार्टुन, हाइड्रो बम पटाका ७५ केजीको ३ वटा कार्टुन, विभिन्‍न पटका मिसिएको १२० केजीको ६ वटा बोरा, नगद ९० हजार र एक थान मोबाइल बरामद गरिएको छ।

    पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार