Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र विजयी

    नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र विजयी

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 948
    SHARES

    ताप्जेलुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन्। १४औँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ सभापतिमा निर्वाचित भएका हुन्।

    यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्। सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए।



    एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो। तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार